इक्यान सामाजिक संस्था हो

देवराज शर्मा
कार्यसमिति सदस्य, इक्यान कास्की

ईक्यान एउटा सामाजिक संस्था संस्था हो । शैक्षिक परामर्श दातृ संस्थाहरुको छाता संगठन ईक्यान हो र यसले गर्ने इक्यान फेयर गैर नाफामूलक कार्यक्रम हो । इक्यान आफैमा शैक्षिक परामर्श दातृ संस्थाहरुको हक, हित र अधिकारका लागि लड्ने संस्था हो । यस संस्थामार्फत नेतृत्व उत्पादनपनि भइरहेको हुन्छ । इक्यानले शैक्षिक परामर्शसँग सम्बन्धित गतिविधिहरु पनि गरिरहेको हुन्छ । सोही सामाजिक कार्य अन्तर्गत पोखरा तथा गण्डकी प्रदेशबासी विद्यार्थी तथा तिनका अभिभावकहरुलाई विश्वमा रहेका कलेज तथा विश्वविद्यालय, तिनले दिने सेवा, सुविधा, विदेशमा लिने शिक्षाको महत्व, भविष्य, भिसा प्रोसेसिङ लगायतबारे परामर्श दिन गरिएको हो ।

यसमा विश्व विख्यात कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुपनि प्रत्यक्ष सहभागी हुँदैछन् । यसले गर्दा एउटै थलोमा विदेशका कलेजका प्रतिनिधिहरुसँग यहीँ बसेर कुराकानी गर्ने अवसर प्राप्त हुन्छ । त्यहाँको बारेमा बुझ्न सहज हुन्छ । यसले गर्दा विद्यार्थीले लाखौं खर्च गरेर विश्वका विभिन्न कलेजहरुबारे बुझ्नुपर्ने सुविधा निःशुल्क पोखरामा एउटै थलोमा पाइनेछ ।

हामीले विदेश तथा स्वदेशमा छात्रवृत्ति पनि वितरण गर्ने, रक्तदान पनि क्यालेन्डर अनुसार नै गर्ने गर्छौं । यस पटक पनि हामी इक्यान फेयर लगत्तै रक्तदान गर्दैछौं । त्यतिमात्र होइन विदेशमा अलपत्र परेका विद्यार्थीलाई पनि हामीले थाहा पाएसम्म सहजीकरण गर्ने, उद्धार गर्नेलगायतका कार्य गर्छौं ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.