इन्फोटेक वर्षेनी परिस्कृत, भाग्यमानी दर्शकलाई कम्प्युटर उपहार : पूर्व अध्यक्ष पाण्डे

गुणानिधि पाण्डे
पूर्व अध्यक्ष, क्यान महासंघ, कास्की

क्यान महासंघ कास्कीको आयोजनामा यही फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा दसौं संस्करणको क्यान इन्फोटेक हुँदैछ । सूचना तथा प्रविधिका क्षेत्रमा चासो राख्नेहरुका लागि इन्फोटेक निकै प्रभावकारी भएको हामीले महसुस गरेका छौं । हामीले हरेक वर्ष इन्फोटेकमा नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा बिक्री गर्दै आइरहेका छौं ।

आइटी क्षेत्रमा विश्वमा उत्पादन भएका नवीनतम प्रविधिलाई इन्फोटकमा आएर अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । दसौं संस्करणसम्म आउँदा वर्षेनी इन्फोटेक परिस्कृति भइरहेको छ । दर्शकको चाहना र सुझावलाई समेत मध्येनजर गरेर हामी अनुसार अगाडि बढिरहेका छौं । इन्फोटेकमा वर्षेनी अवलोकनकर्ताहरुको आकर्षण बढिरहेको छ । नेपालमा भित्रिएका सम्पूर्ण पविधिका आधिकारिक बिक्रेता नै इन्फोटेकमा प्रत्यक्ष सहभागिता हुने हुँदा यसको विशेष महत्व रहन्छ ।

jutta mela

इन्फोटेक यस पटक अझ बढी सफल हुने मैले विश्वास लिएको छु । क्यान इन्फोटेक सफल पार्न हामीले वर्षेनी कुनै न कुनै सहकार्य गरिरहेका छौं । यस पटक म सञ्चालक रहेको पाण्डे कम्प्युटरबाट इन्फोटेकलाई टिकटमा एकथान कम्प्युटर उपहार प्रदान गर्न इस्पोन्सर गरेका छौं । कम्प्युटर उपहारले इन्फोटेकमा थप आकर्षण बढाएको छ । दर्शकमध्ये लक्की ड्रका आधारमा भाग्यमानी दर्शकलाई अन्तिम दिन पाण्डे कम्प्युटरले कम्प्युटर उपहार प्रदान गर्नेछ ।

You might also like

Comments are closed.