इ–ट्रान्सपोर्टेसनले ढुवानी व्यवसायलाई यसरी बनाउँदैछ स्मार्ट

काठमाडौं । नेपालको ढुवानी ब्यवसायलाई स्मार्ट बनाउने अभियान इ–ट्रान्सपोर्टेसन सर्भिसले गरेको छ। जसमा इ ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन सर्भिसु को सेवा दिँदै आएको छ ।

बेलायतमा आइटी ब्यवसाय गर्दै आएका सन्तोष मण्डलले एक बर्ष अगाडि मोबाइल एप मार्फत नेपालभर ढुवानी यातायात ब्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधनलाई तुरुन्त मर्मत सेवा दिने उद्देश्यले इ–ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका हुन् ।

पहिलो एक बर्षमा ४ हजार ५ सय ३६ ट्रक र १०३ निजी फ्याक्ट्री ई–ट्रान्सपोर्टेसनमा आवद्ध भएका छन् । मुख्य राजमार्गका १७३ ग्यारेज आवद्ध भएका छन्, जसले समस्यामा परेका सवारीलाई मर्मतको सुबिधा दिँदै आएका छन् ।

‘इ–ट्रान्सपोर्टेसन सर्भिस डिजिटल प्लेटफर्म भएकाले ढुवानी यातायात धनीलाई छिटो र ब्यवस्थित कामका लागि सजिलो बनाउँछ । भेइकल ब्रेकडाउन सर्भिस अन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मतका लागि मेकानिक पठाएर सेवा प्रदान गर्छ,’ भण्डल भन्छन् ।

सवारी धनि र चालकले मोबाइलमा नेपाल इटीयस ९ल्भउबभ्तिक० टाइप गरि इ–ट्रान्सपोर्टेसनको एप डाउनलोड गरेर आफ्नो सवारी दर्ता गरि सेवा लिन सक्छन् । सेवा लिन निश्चित वार्षिक शुल्क तिर्नु पर्ने हुन्छ । राजमार्गमा समस्यामा परेकालाई कम शल्कमा सेवा दिन सफल भएको मण्डलको दावी छ । दर्ता भएका ग्राहकले मोबाइल एपसँगै फोन गरेर पनि मर्मतको सेवा लिन सक्छन् ।

बेलायतमा बसेर काम गरिरहँदा नेपालका लागि केही गरौ भन्ने लामो हुटहुटीले यो ब्यवसाय जन्मेको मण्डलको भनाइ छ । बेलायतमा सिकेको सीप नेपालमा सदुपयोग गर्न पाएकोमा मण्डलले खुशी व्यक्त गरे ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघ लगायत विभिन्न ब्यवसायी समिति र संघले समन्वय गरि ढुवानी यातायात व्यवसायलाई स्मार्ट बनाउने अभियानमा सहयोग गरेको मण्डलले जानकारी दिए ।

You might also like

Comments are closed.