इ ट्रान्सपोर्टेसन सर्भिसको एक वर्ष पुरा, सामान ढुवानी र बाटोमा सवारी बिग्रिए तुरुन्त मर्मत सेवा उपलब्ध

काठमाडौं । इन्टरनेट र मोबाइल एप्लिकेसन मार्फत नेपालभर सामान ढुवानी सेवा र बाटोमा सवारी साधन बिग्रिए तुरुन्त मर्मत सेवा दिने इ ट्रान्सपोर्टेसन सर्भिस स्थापनाको एक वर्ष पुरा भएको छ ।

वर्ष दिनको अवधिमा आफ्नो कम्पनीसंग ४ हजार ५ सय ३६ ट्रक र १०३ निजी फ्याक्ट्री दर्ता भएका तथा नेपालका प्रमुख राजमार्गका १७३ ग्यारेज कम्पनीमा आवद्ध भएको इ–ट्रान्सपोर्टेसन सर्भिसका प्रवन्ध निर्देशक बेलायतस्थित युवा व्यवसायी सन्तोष मण्डलले जानकारी दिए । पहिलो वर्ष उपलब्धिमुलक रहेको मण्डल बताउँछन् ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य मण्डल बेलायत बसेर नेपालमा डिजिटल प्लेटफर्म विस्तार गर्न सफल भएका छन् । ‘नेपालमा नयाँ प्रविधि लैजान सहज थिएन । तर, हामी सबैको साथ पाएर सफल र उत्साहित छौं,’ मण्डलले भने ।

jutta mela

मण्डल बेलायतमा डिजिटल बिजनेस सम्बन्धि काममै छन् । उनले बेलायतमा सिकेको सीप नेपालमा पनि लैजान ‘नयाँ कन्सेप्ट’ लगेका थिए ।

इ ट्रान्सपोर्टेसनमा ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन’ सर्भिस गरि मुख्यत दुई सेवा छ । सन्तोषका अनुसार, इ ट्रान्सपोर्टेसन सर्भिस डिजिटल प्लेटफर्म हो, जसले ढुवानी सेवा प्रवाह गर्नेलाई काम गर्न छिटो र सजिलो बनाउँछ । साथै ढुवानी यातायात धनीलाई आफ्नो बिजनेस व्यवस्थापनमा मद्दत गर्छ । भेइकल ब्रेकडाउनु सर्भिस अन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मत गर्न उक्त कम्पनीले छिटो छरितो रुपमा मेकानिक्स पठाएर सेवा प्रदान गर्दछ ।

सवारी मर्मतका लागि वार्षिक मेम्बरसीप प्रदान गरिने र त्यसको निश्चित चार्ज लाग्ने मण्डलले बताए । ‘थोरै रकमले मानिसहरुको यात्रामा आउन सक्ने समस्या सहजै समाधान गर्छौं,’ मण्डलले भने

E-Transport

E-Transport

Gepostet von Arthik Awaj am Dienstag, 23. Juni 2020

You might also like

Comments are closed.