ईआइदो एण्ड केन्दो संघ गण्डकीको संयोजकमा गौतम

पोखरा २७ बैशाख
नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिको संयोजकमा विधान गौतम चयन भएका छन् । शुक्रबार पोखरामा भएको गण्डकी प्रदेशको प्रारम्भिक भेलाले गौतमको संयोजकत्वमा ११ सदस्यी तदर्थ समिति गठन गरेको हो ।
जसको सह–संयोजकमा मनोज जंग राणा, सचिवमा राजाराम पौडेल, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य र सहसचिवमा रामेश्वर सुवेदी चयन भएका छन् । यसैगरी सदस्यमा टंक ढकाल, सागर बराल, अनिल केसी, अर्जुन कोइराला, महेश पौडेल, राहुल कुँवर चयन भएका छन् । सल्लाहकारमा प्रकाश बराल, सन्तोष घिमिरे, इन्द्र पौडेल, महेश्वर रिमाल र नविन प्याकुरेल रहेका छन् ।

यसअघि नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी प्रदेश भेलामा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्किका कार्यालय प्रमुख प्रकाश बरालले केन्दो खेलको विकासमा आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताए ।

नेपाल ईआइदो एण्ड केन्दो संघ केन्द्रिय सदस्य विधान गौतमको अध्यक्षतामा भएको भेलामा केन्द्रिय महासचिव केशवकृष्ण डंगोल, केन्द्रिय सचिव दिनेश राज शर्मा, केन्द्रिय सदस्य सन्तोष घिमिरे र शान्ति भण्डारी, कास्की जिल्ला अध्यक्ष महेश्वर रिमाल, खेलाडी कमला लामा लगायतले केन्दो खेलका विविध पक्षको बारेमा बोलेका थिए । जापानीज खेल केन्दो वि.स. २०५८ मा नेपालमा भित्रिएको हो । हाल विश्वका १ सय १० देशमा यो खेल खेलिन्छ ।

You might also like

Comments are closed.