ईशानेश्वर महादेवमा धार्मिक महोत्सव हुने

मंसिर २५,तनहुँ ।

लमजुङको मध्यनेपाल नगरपालिका करापुटारमा रहेको प्रसिद्ध ईशानेश्वर महादेव मन्दिरमा धार्मिक महोत्सव हुने भएको छ । मध्यनेपाल नगरपालिकाको आयोजनामा आगामी फाुगन १६ देखी २१ गतेसम्म मन्दिर धार्मिक महोत्सव सञ्चालन हुने भएको हो ।

मंगलबार मन्दिर परिसमै पत्रकार भेटघाट मार्फत महोत्सव हुने बारे जानकारी गराईएको हो । ईशानेश्वर महादेव मन्दिरको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रि जगतमा प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्धर्न गर्न धार्मिक महोत्सव आयोजना गर्न लागिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए । मध्यनेपाल नगरपालिकाभित्र रहेका धार्मिक महत्व अन्य पर्यटकीय गन्तव्यहरुलाई प्रवद्र्धन गर्ने, नगरपालिकाका प्राकृतिक सम्पदा एवम् होमस्टेको प्रवद्र्धन गरी पर्यटनको विकास गरी आर्थिक समृद्धि गर्ने, आयुर्वेद योग तथा गुरुकुल आश्रम निर्माण गर्ने, प्याराग्लाईडिङ सञ्चालन गर्ने, नागभैरवमा केबुलकार सञ्चालन गर्ने समेत महोत्सवको उद्धेश्य रहेको पाण्डेले जानकारी दिए ।

६ दिनसम्म सञ्चालन हुने महोत्सव नेपाल, भारत एवम् अन्य देशबाट करिब एक लाखभन्दा बढि भक्तजनहरुले अवलोकन गर्ने र ३ करोड आम्दानी हुने अपेक्षा आयोजकले लिएको छ । ईशानेश्वर महादेव मन्दिरको छुट्टै धार्मिक महत्व रहेको चर्चा गर्दै यसको प्रचार प्रसारमा महोत्सवले टेवा पु¥याउने मन्दिर संरक्षण समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले विश्वास व्यक्त गरे ।

lcci
You might also like

Comments are closed.