काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको मुख्य केन्द्र बनेको छ । संक्रमित थपिने क्रम जारी छ । यस सँगै सवै जना सचेत र सजग हुनु आवस्यक छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ संक्रमित थपिएका छन् ।
यस मध्य काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस सँगै उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७ सय ७१ पुगेको छ ।
Comments are closed.