काठमाडौं – उपत्यकामा गरिएको सार्वजनिक यातयात बन्द फिर्ता भएको छ । यातायात मजदुरहरूले विभिन्न माग राख्दै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्द गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारमा भएको वार्तामा आफ्ना मागको सम्बोधन हुने आश्वासन पछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।
वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालि माथि छानविन गरिनुपर्ने, आन्दोलनका क्रममा भएका लुटपाट र आक्रमणमा सहभागीको पहिचान गरी कारवाही गर्ने, मजदुरले राखेका १० सुत्रीय मागकोको सम्बोधन गर्ने विषय लगायतका विषयमा ५ बुँदे सहमति भएको हो ।
यस्तो छ सम्झौता :
Comments are closed.