पोखरा, ८ चैत । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफ्नो घरको एक महिनाको भाडा नलिने घोषणा गरेकी छन् । पोखरा महानगरपालिका वडा नम्वर ९ जरेबरमा आफ्नो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन् ।
उपप्रमुख गुरुङको घोषणा पोखरामा घर भाडामा दिने घरबेटीहरुलाई समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पोखराका व्यवसायीले व्यवसाय धरासायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन माग गरिरहेका बेला उपपप्रमुख गुरुङले भाडा नलिने घोषणा गरेकी हुन् ।
विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तब्यस्त भएको भन्दै उनले व्यवसायीलाई राहत स्वरुप भाडा नलिने निर्णय गरेको बताइन् । उनले मासिक ६५ हजार रुपैयाँमा भाडामा दिएकी थिइन् । चैत महिनाको भाडा आफूले नलिने घोषणा गरेको बताउदै उनले भनिन्, ‘ब्यवसायीलाई एक महिनाको भाडा नलिदा राहत हुने अपेक्षा सहित भाडा मिनाहा गर्ने निर्णय गरेको गरेकी छु ।’
Comments are closed.