एकैदिन मुक्तिनाथ विकास बैंकका ६ वटा शाखा थप (फोटो फिचरसहित)

आर्थिक आवाज
पोखरा । मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार अभियानलाई तिब्र बनाएको छ । यसै क्रममा काठमाडांंको टोखा तथा कीर्तिपुर, ललितपुरको बाडेगाउँ तथा इमाडोल, गोरखाको गोरखा, गुल्मीको तम्घास गरीमा शाखा कार्यालय विस्तार गरेको विज्ञप्तिमा उल्लेख छ ।

टोखा शाखाको समुद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरे । कीर्तिपुर शाखाको समुद्घाटन कीर्तिपुर नगरपालिकाका मेय रमेश महर्जनले गरेका छन् । बाडेगाउँ शाखाको समुद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । इमाडोलशाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले गरेका छन् भने गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले गरे । तम्घास शाखाको समुद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेका छन् ।

jutta mela

समुद्घाटन कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक सेयरधनी, स्थानीय नागरिक, व्यापारी, कर्मचारी, समाजसेवी स्थानीयहरुको उपस्थिति थियो ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशै भरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.