एक्लाएक्लै हिडेर गन्तव्यमा पुगिदैनः मुख्यमन्त्री गुरुङ

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहका सरकार एक्लाएक्लै हिडेर गन्तव्यमा पुग्न नसक्ने बताएका छन् । सोमबार तनहुँको शुक्लागण्डकी नगरपालिकाको पाँचौँ नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय तहले समन्वय गरेर अघि बढ्नुपर्नेमा आ–आफनै तालमा हिडेको बताएका हुन् ।

‘तीनै तहको लक्ष्य, यात्रा र अभियान एउटै हो । तर, आपसी तालमेल मिलेको छैन,’ उनले भने, ‘एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न । तीनै तहले एकैतिर फर्केर योजना बनाउनुपर्छ । तीनवटै सरकार एउटै डुंगामा सवार छ, एउटाको दुर्घटा हुँदा सबैलाई असर पर्छ, मात्र फरक यति हो, केपी ओली नेतृत्वको सरकार अगाडि बसेको छ र प्रदेश स्थानीय सरकार पछिपछि लागेका छ ।’

स्थानीय सरकारसँग पनि सरकारको हैसियत भएकाले संघ र प्रदेशको मुख ताक्न भन्दा आत्मनिर्भरको बाटोमा लाग्नुपर्नेमा उनले जोड दिए । उत्पादन वृद्धि नभइ आत्मनिर्भर बन्न सकिदैन प्रथामिकताका विषयहरु छुट्याएर आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्न उनले सुझाव दिए ।
विकास निर्माणका काममा कुनै पनि खालका विवाद नगरी समावेशी खालका नीति ल्याउनुपर्नेमा उनको जोड थियो ।

‘राजनीतिक व्यवस्थाहरु बदलिए पनि अझै पुरानै व्यवस्थाको अनुशरण गरिरहेका छौँ, देश बदल्न पहिला आफू स्वयम बदलिन आवश्यक हुन्छ,’ उनले भने । पहिला नीति तथा कार्यक्रम ल्याउने, त्यसमाथि छलफल गर्ने र नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याउने गरी कार्यक्रम तयार गर्न उनले सुझाव दिए ।

नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट ल्याउदा राम्रो हुनेमा उनले जोड दिए । जनताको नजिक सरकार पु¥याउन संघीय शासन व्यवस्था लागु भएको हो, जनतामा यसको प्रत्याभूति हुने गरी काम हुनपर्छ, उनले भने ।

सो अवसरमा नगरपालिकाका उपप्रमुख सविता रसाइलीले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।

You might also like

Comments are closed.