एक्स्पर्टको ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार ३ सय विद्यार्थी सहभागी

आर्थिक आवाज
पोखरा । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार’ सम्पन्न भएको छ । माघ ८ गते (जनवरी २२) बुधबार पोखराको न्युरोडस्थित सिटी स्वायरमा भएको सेमिनारमा करिब ३ सय जना विद्यार्थी सहभागी भएको एक्स्पर्ट पोखराका सञ्चालक रमेश कुमार थापाले जानकारी दिए ।

सेमिनार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म चलेको थियो । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारख खड्काको समेत सेमिनारमा उपस्थिति थियो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी एक्स्पर्टले सेमिनार सञ्चालन गरेको हो । सेमिनारमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता थियो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार निकै प्रभावकारी भएको थापाले जानकारी दिए ।

jutta mela

अष्ट्रेलियाको सिड्नी, ब्रिस्वेन, मेल्वर्न, एडिलेड, गोल्डकोष्ट, पारामाटामा एक्स्पर्टका शाखा सञ्जालहरु छन् । बंगलादेश, हङकङ, भारत तथा नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरी, धनगढी, नेपालगञ्ज र दाङबाट पनि एक्स्पर्टले सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.