एक्स्पर्टको सेमिनारमा करिब ४ सय जना विद्यार्थी सहभागी (फोटो फिचरसहित)

पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले पोखरामा बुधबार आयोजना गरेको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’मा करिब ४ सय जना विद्यार्थी सहभागी भएका छन् । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा भएको सेमिनारमा विद्यार्थी तथा अभिभाबकको उत्साहजनक सहभागिता रहेको एक्स्पर्टका पोखराका प्रवन्ध निर्देशक रमेश थापाले जानकारी दिए ।

सेमिनार बिहान ११ बजेदेखि ४ बजेसम्म भएको थियो । सेमिनारमा अष्ट्रेलियाका १२ वटा विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु सहभागी थिए । एक्स्पर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिब शर्मा, डाइरेक्टर वसन्त शर्माको समेत सेमिनारमा उपस्थिति थियो । सेमिनारमा पोखरा र आसपासका विद्यार्थीको सहभागी थिए ।

भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइएको थियो । ‘अष्टे«लियाका शिक्षा प्रदायक संस्थाहरुको उपस्थितिले सेमिनार विद्यार्थी र अभिभावकका लागि निकै प्रभावकारी भयो,’ थापाले भने, ‘अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेट्ने अवसर पाएका छन् ।’

पोखराको सिद्धार्थचोकमा रहेको एक्स्पर्टले समय समयमा सेमिनार आयोजना गर्दै आइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको रोजाईमा एक्स्पर्ट पर्न सफल रहेको थापाले बताए ।

You might also like

Comments are closed.