ग्लोबल रिचको एजुकेसन फेयरमा अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटीका प्रतिनिधि आउनेछन्ः सागरबाबु

सागरबाबु गिरीे
मार्केट डेभलपमेन्ट एक्ज्युकेटिभ
ग्लोबल रिच, पोखरा शाखा

परामर्श सेवाका क्षेत्रमा ग्लोबल रिच एउटा स्थापित ब्राण्ड हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीको प्रमुख रोजाईमा ग्लोबल रिच पर्न सफल छ । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले त्यहाँको शैक्षिक प्रणाली, शिक्षा नीति, सम्भावना, अवसर र चुनौतिहरुका विषयमा पूर्ण जानकारी प्राप्त गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यही मान्यतालाई आत्मसाथ गर्दै हामीले सेवा प्रदान गरिरहेका छौं । समय समयमा फेयरहरु पनि आयोजना गर्दै आइरहेका छौं । प्रत्येक वर्ष जुलाई र जनवरीमा फेयर गरिरहेका छौं ।

यसैक्रममा ग्लोबल रिच पोखरा शाखाको आयोजनामा माघ ४ गते शनिबार (जनवरी १८)मा पोखरामा आठौं ‘द बिगेष्ट अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्न गइरहेका छौं । यो फेयर विद्यार्थीको लागि राम्रो अवसर हो । फेयरमा अष्ट्रेलियाका ८ वटा प्रशिद्ध युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेछन् ।

jutta mela

सिटी स्क्वायर पार्टी प्यालेसको बेगनास हलमा बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म फेयर हुनेछ । २ सय जना भन्दा बढी विद्यार्थी फेयरमा सहभागी हुने हाम्रो अपेक्षा छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीको रोजाईमा परेकोे ग्लोबल रिचले त्यहाँका प्रशिद्ध युनिभर्सिटीका प्रतिनिधिलाई फेयरमा उपस्थित गराउँदैछ । यो अवसर सदुपयोग गर्न म विद्यार्थीहरुलाई आग्रह गर्दछु ।

पहिलाको तुलनामा पछिल्लो समय ग्लोबल रिचमा विद्यार्थीहरुको इन्क्वायरी बढिरहेको छ । प्लसटु उत्तीर्ण तथा व्याचलर उत्तीर्ण विद्यार्थी हाम्रा लक्षित ग्राहक हुन् । पोखरा तथा आसपास क्षेत्रबाट विद्यार्थीहरु फेयरमा परामर्श लिन आउनेछन् । विद्यार्थीहरुसँगै अभिभावकहरुको पनि फेयरमा सहभागिता रहनेछ । फेयरमा सहभागी हुने पहिलो सय जना विद्यार्थीहरुलाई विशेष गिफ्ट ह्याम्परको व्यवस्था पनि गरिएको छ । कार्यक्रममा बैंकहरुको प्रतिनिधित्व रहन्छ । नविल, एसबिआई र सिद्धार्थ बैंकले फेयरमा आआफ्नो स्टल राखेर शैक्षिक कर्जाका बारेमा जानकारी प्रदान गर्नेछन् । आयल्स, टोफेल, पिटिईका बारेमा पनि फेयरमा बुझ्न सकिनेछ । फेयरमा आउने विद्यार्थीलाई आयल्स निःशुल्क पढ्ने व्यवस्था मिलाउँदैछौं । (कुराकानीमा आधारित)

You might also like

Comments are closed.