एनआइसीको नयाँ योजना, वार्षिक व्याजदर अग्रिम भुक्तानी

पोखरा, ९ चैत । निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकहरुमा पर्न सफल एनआईसी एशिया बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै ‘अग्रीम ब्याज भुक्तानी मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ‘बैंक पनि, साथी पनि’ नाराका बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसीले यो योजना अन्तर्गत ग्राहकलाई खाता खोलेकै दिनमा अग्रिम व्याजदर भुक्तानी दिनेछ । ११ प्रतिशतको वार्षिक व्याजका दरले हुन आउने व्याजको अग्रीम भुक्तानी प्रदान गरिने पोखरा क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए ।

मुद्दती योजना अन्तर्गत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिने उनले बताए । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सकिनेछ ।

यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ । यस अलावा, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पूर्ण अतुलनीय विशेषताहरुबाट समेत लाभ लिन सक्ननेछन् ।

नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरु समेटी ल्याइएकोे यस अग्रिम ब्याज भुक्तानी मुद्दती खाता सीमित अबधिका लागि मात्र सञ्चालनमा रहने भएकाले मौकाको फाइदा उठाइ यथाशीघ्र सुबर्ण अवसरबाट प्रचुर लाभ उठाउन एनआईसी एशिया बैंकले अपिल समेत गरेको छ ।

मुलुकभर १८५ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल एनआइसीका १८८ एटिएमसहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । बैंकका ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जालमार्पmत बैकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको विज्ञप्तिमा उल्लेख छ । बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल शर्माले बताए ।

You might also like

Comments are closed.