‘एनआइसीको ‘न्यू सुपर चमत्कारिक खाता’मा फाइदै फाइदा’

आर्थिक आवाज
पोखरा । अँग्रेजी नयाँ वर्ष २०२० लाई लक्षित गरी एनआइसी एशिया बैंकले ‘न्यू सुपर चमत्कारिक बचत खाताहरु’ योजना सार्वजनिक गरेको छ । सार्वजनिक भएको उक्त योजनाबाट ग्राहकले धेरै लाभ लिन सक्ने बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए । बुधबार बैंकको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले बैंक खाता ब्याजको लागि मात्र होइन, सुरक्षा एवं सुविधाको लागि पनि चाहिन्छ भन्ने उद्देश्यसहित बैंकले यो योजना ल्याएको जानकारी दिए ।

यो योजना अन्तर्गत ३ बीमा सम्बन्धी फाइदा, २ कर्जा सम्बन्धी फाइदा र २५ अन्य फाइदाहरु पाउन सकिने शर्माले जानकारी दिए । यो योजना अन्तर्गत २१ लाखसम्मका विभिन्न बीमा सुविधा (बैंक आफैले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई बीमा प्रिमियम तीर्ने) शर्माले जानकारी दिए ।

jutta mela

रु. १० लाख सम्मको दुर्घटना बीमा, १८ गम्भिर प्रकृतिका रोगहरुको लागी रु. १० लाख सम्मको बीमा, रु. १ लाख सम्मको स्वास्थ्य बीमा (अधिकतम रकमको २०५ सम्म ओपिडी खर्च), खातावालालाई कर्जाको ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियत, कुनैपनि बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने, होम बैंकिङको सुविधा, निःशुल्क क्रेडिट कार्ड, निःशुल्क मोबाइल बैकिङ, भिसा कार्ड र इन्टरनेट बैंकिङ, अनलाइन खाता खोल्न मिल्ने सुविधा, अन्य यस्तै चमत्कारिक बैंकिङ फाइदाहरू भएको शर्माले जानकारी दिए ।

एनआइसी एशिया बैंकमा न्यू सुपर चमत्कारिक खाताहरु खोली चमत्कारिक प्रतिफल, सुरक्षा र सहजताको लाभ उठाउन शर्माले आग्रह गरे ।

गण्डकी प्रदेशमा डेढ लाख ग्राहक

एनआइसी एसिया बैंकले गण्डकी प्रदेशमा रहेका आफ्ना ग्राहकलाई स्तरीय बैंकिङ सेवा प्रदान गर्न सफल रहेको शर्माले पत्रकार सम्मेलनमा बताए । ‘गण्डकी प्रदेशमा १ लाख ५० हजार भन्दा बढी ग्राहकलाई हामीले सेवा प्रदान गरिरहेका छौं,’ उनले भने । ११ जिल्लामा ३१ वटा शाखा, १० वटा एक्स्टेन्स काउन्टर, ५० वटा भन्दा बढी एटिएम रहेको शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.