एनआइसीले ल्यायो ‘न्यू सुपर चमत्कारिक बचत खाता’, यस्ता छन् फाइदा र विशेषता

आर्थिक आवाज

काठमाडौं । नयाँ वर्ष २०२० को उपलक्ष्यमा एनआइसी एशिया बैंकले ३० चमत्कारिक फाइदाहरू भएका ‘न्यू सुपर चमत्कारिक खाताहरु’ योजना ल्याएको छ । अब बैंक खाता ब्याजको लागि मात्र होइन, सुरक्षा एवं सुविधाको लागि पनि चाहिन्छ भन्ने उद्देश्यसहित बैंकले यो योजना ल्याएको हो ।

यो योजना अन्तर्गत ३ बीमा सम्बन्धी फाइदा, २ कर्जा सम्बन्धी फाइदा र २५ अन्य फाइदाहरु पाउन सकिने बैंकले जनाएको छ ।

jutta mela

न्यू सुपर चमत्कारिक बचत खाताहरुका फाइदाहरु यस्ता छन्ः

– रु २१ लाखसम्मका विभिन्न बीमा सुविधा (बैंक आफैले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई बीमा प्रिमियम तीर्ने)
– रु. १० लाख सम्मको दुर्घटना बीमा
– १८ गम्भिर प्रकृतिका रोगहरुको लागी रु. १० लाख सम्मको बीमा
– रु. १ लाख सम्मको स्वास्थ्य बीमा (अधिकतम रकमको २०५ सम्म ओपिडी खर्च)
– खातावालालाई कर्जाको ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियत
– कुनैपनि बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने
– होम बैंकिङको सुविधा
– निःशुल्क क्रेडिट कार्ड
– निःशुल्क मोबाइल बैकिङ, भिसा कार्ड र इन्टरनेट बैंकिङ
– अनलाइन खाता खोल्न मिल्ने सुविधा
– अन्य यस्तै चमत्कारिक बैंकिङ फाइदाहरू

एनआइसी एशिया बैंकमा न्यू सुपर चमत्कारिक खाताहरु खोली चमत्कारिक प्रतिफल, सुरक्षा र सहजताको लाभ उठाउन बैंकले अपिल गरेको छ ।

You might also like

Comments are closed.