काठमाडौं । एनआइसी एशिया बैंकले एनआइसी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।
योजना अनुसार देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकका साथै अन्यले पनि लाभ उठाउन सक्नेछन् ।
उक्त विप्रेषण रकम बैंकका मुलुकभर फैलिएका ३ सय २६ शाखा कार्यालय, १ सय ३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ इकाई एवं १० हजार भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
असोज २० देखि २०७७ मंसिर ५ गतेसम्म यो अफर लागू हुने नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
Comments are closed.