एनआइसी एसिया गण्डकी प्रदेशद्वारा ग्राहक र कर्मचारी सेवा डेक्स स्थापना

पोखरा । एनआइसी एसिया गण्डकी प्रदेशले ग्राहक सेवा डेक्स र कर्मचारी सेवा डेक्स स्थापना गरेको छ । कोरोना भाइरसबाट मुलुक नै लकडाउनमा बसेको र बैंकहरु बन्द रहेको अवस्थामा घरमै बसेर सोधपुछ गर्न सकिने सुविधासहित डेक्स स्थापना गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

‘बैंकिङ कारोबार र स्वास्थ्य सेवा लगायत विविध विषयमा डेक्समा फोन गरेर सोधपुछ गर्न सकिन्छ,’ शर्माले भने । गण्डकी प्रदेशमा २ सय ५० जना भन्दा बढी कर्माचारी र १ लाख २५ हजार भन्दा बढी ग्राहक रहेको शर्माले बताए ।

‘बैंकका शाखाहरु बन्द रहेपनि प्रदेशमा रहेका ४७ वटै एटिएम खुल्ला छन्,’ उनले भने । सकेसम्म घरमै बसेर डिजिटल कारोबार गर्न शर्माले ग्राहकहरु समक्ष आग्रह गरेका छन् ।

jutta mela

You might also like

Comments are closed.