एनएमबि माइक्रोफाइनान्सको १ दिने ट्यावलेट संचालन तालिम सम्पन्न

पोखरा, २९ फागुन
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने ट्यावलेट संचालन प्रशिक्षण÷तालिम कार्यक्रम आयोजना गरेको छ । संस्थाले फिल्डमा काम गर्ने कनिष्ठ सहायक र प्रशिक्षार्थिहरुलाई लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिई आफ्नो सम्पूर्ण ग्राहक सदस्यलाई दिने र दिएको सेवा सुविधा एंव आर्थिक कारोवारको वारेमा जानकारी गराई छिटो, सहज र सरल र सर्व सुलभ तरिकाले सेवा दिने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको हो । उक्त प्रशिक्षण÷तालिम वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले मंगलवार एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् ।

एक दिने उक्त तालिममा ट्यावलेटमा काम गर्ने तौर तरीका बारेमा सहभागीहरुलाई स्पष्ट पारिएको थियो । तालिममा २० वटा शाखाका ३५ जना सहभागी रहेका थिए ।  सूचना प्रविधि विभाग प्रमूख र सूचना प्रविधि विभागका कर्मचारी भावना पौडेल र टंक शिवाकोटी र युरानस टेच नेपाल काठमाडौका कर्मचारी निराजन रिजाल र एलेक्सी ढुङ्गानाले ट्यावलेट संचालन सम्वन्धी प्रशिक्षण दिएका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले लघुवित्तले विपन्न, गरीव तथा पछाडि परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथ साथै सामुदयिक विकासका लागि पनि कार्य गर्दै आएको कुरा ब्यक्त गरे । लघुवित्तले फिल्डमा गई आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा दिने भएकोले कर्मचारीहरुले सदस्यहरु संग गर्ने ब्यवसायिक ब्यवहार र ग्राहक संगको सम्वन्ध सम्वन्धी विषयवस्तु वारेमा प्रस्तुतिकरण दिदै कर्मचारीहरु अन्तरात्मा देखि नै प्रतिवद्ध हुनुपर्ने धारणा प्रस्तुत गरे ।

संस्था स्थापनाको ७ वर्षको अवधिमा १० जिल्लामा कार्यक्षेत्र राखी शुरुवात गरेको संस्थाले हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भई १०० वटा शाखा कार्यालयको स्थापना गरी करीव ९१ हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेको जानकारी छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.