‘एभरेष्ट ग्लोबलले विद्यार्थीको विश्वास जितेको छ’

 

पदमलाल सापकोटा
प्रवन्ध निर्देशक
एभरेष्ट ग्लोबल

अध्ययनको लागि विदेश जाने विद्यार्थीको सङ्ख्या बढिरहेको छ । यसलाई मध्यनजर गरेर विद्यार्थीलाई परामर्श दिनको लागि कन्सल्टेन्सी पनि खुलिरहेका छन् । तिनै कन्सल्टेन्सीको भिडमा एभरेष्ट ग्लोबल एजुकेशन पनि छ । नेपाल र अष्ट्रेलियाका मुख्य शहरमा एभरेष्ट ग्लोबलका शाखा सञ्चालनमा छन् ।

jutta mela

एभरेष्ट ग्लोबलले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकलाई परामर्श दिदै आएको छ । विद्यार्थीलाई सत्य तथ्य जानकारी दिदै आएका छौं । विद्यार्थीको रुची, चाहना, क्षमता तथा आर्थिक स्तर हेरेर परामर्श दिन्छौं । एभरेष्ट ग्लोबलको पोखरा शाखा सिद्धार्थचोकमा छ ।

विभिन्न कलेज तथा युनिभर्सिटीमा पढाई हुने कोर्ष, त्यहाँको फि स्टक्चर, स्कलरसिप लगायत बारे हामी प्रष्ट पार्छौं । पारिवारिक वातावरणमा हामी परामर्श दिन्छौं । हामी मार्फत गएका विद्यार्थीबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । नेपालमा मात्र नभई अष्ट्रेलिया पुगेपछि पनि हामी विद्यार्थीलाई सहयोग गर्छौं । विद्यार्थीलाई आइपरेका समस्या समाधानमा लाग्छौं । हामी प्रति विद्यार्थीको विश्वास बढिरहेको छ ।

अहिले धेरै विद्यार्थीको रोजाईमा अष्ट्रेलिया पर्ने गरेको छ । अष्ट्रेलियामा विद्यार्थीको लागि केही सहज छ । राम्रा तथा उत्कृष्ट कलेज तथा युनिभर्सिटी त्यहाँँ छन् । सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षाम जोड दिइन्छ । मौसम तथा हावापानी पनि नेपालसँग मिल्ने खालको छ । काम गर्ने वातावरण पनि सहज छ ।

You might also like

Comments are closed.