एभरेष्ट बैंक र चिनो हाईड्रोपावरबीच जलविद्युत निर्माणका लागि सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजयबहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

यस सम्बन्धमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाईड्रोपावरका अध्यक्ष विजय बहादुर श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।  उक्त आयोजना मनाङ जिल्लामा रहेको बुवाल पावर कम्पनीले प्रवद्र्धन गरेको परियोजना हो।

परियोजनालाई दुई वर्षभित्र सम्पन्न गर्न चाइनीज ठेकेदारलाई ठेक्का दिइएको छ। यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ।

नेपाल विद्युत प्राधिकरण र चिनो हाईड्रोपावर लिमिटेडबीच विद्युत खरिद-बिक्री सम्झौता वैशाखमा भइसकेको छ। यो परियोजनाले वार्षिक दुई दशमलव आठ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।

एभरेष्ट बैंक, जुन पंजाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापना भएको बैंक हो, हाल देशभर करिब एक लाखभन्दा बढी ग्राहक र शाखा, एक्सटेन्सन काउण्टर तथा प्रादेशिक कार्यालयहरूसहित अत्याधुनिक मोबाइल, इन्टरनेट र कनेक्ट बैंकिंग सेवा प्रदान गर्दै आएको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ र भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकहरूमा पनि प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरेको छ।

You might also like

Comments are closed.