एमजीका विद्युतीय गाडी पोखरामा, जोन्छे ग्रुपले सार्वजनिक ग¥यो जेडएस र जेडएसइभी

आर्थिक आवाज
पोखरा । एमजी मोटर्स बेलायती कार उत्पादक कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु एमजी जेड एस र एमजी जेड एस इभी पोखरामा सार्वजनिक गरेको छ । उक्त उद्घाटन समारोह शुक्रबार जोन्छे गु्रप अमरसिहं चोक पोखरामा भएको हो ।

जोन्छे ग्रुपले अत्याधुनिक सुबिधा सम्पन्न एमजी गाडीको सोरुमका साथै सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ । यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी छ । यो गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ सुरुवाती मूल्य छ ।

jutta mela

एमजी जेड एस कारमा भएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ । यसको उचाई १६४८ एमएम छ भने लम्बाई ४३१४ एमएम छ । यसको ह्वीलवेस २५८५ एमएम छ । यसमा ४८ लिटर क्षमताको फियुल ट्याङक दिइएको छ ।

एमजी एक विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक रहेको नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले बताए । ‘बिगत केही वर्षदेखि एमजी ब्राण्डले नयाँनयाँ मोडल बजारमा ल्याएर बलियो पकड राख्दै आइरहेको छ,’ उनले भने, ‘नेपाली बजारबाट पनि निकै उत्साहजनक प्रतिक्रया पाइरहेका छौं ।’ दुईवटा उत्पादन एमजी जेडएस र एमजी जेडएस इभी पोखराका ग्राहकवर्गमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएको उनले बताए । ‘एमजी जेडएस र एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं,’ उनले भने ।

एमजी विश्वकै एक अग्रणी अटोमोबाइल ब्राण्ड रहेको जोन्छे ट्रेडर्स प्रा.लि.का प्रबन्ध निर्देशक नुरज बटाजूले बताए । ‘एमजी गाडीहरुको बढ्दो मागले हामीहरुलाई प्रतिक्षित विद्युतीय एसयूभी एमजी जेड एस इभी र जेड एस पोखराका ग्राहकहरुका लागि ल्याउन आकर्षित गर्यो,’ उनले भने ।

एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो । जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग छ । नयाँ सोरुमबाटै चार थान एमजी इलेक्ट्रिक गाडी ग्राहकलाई डेलिभरी गरिएको बाटाजूले जानकारी दिए ।

You might also like

Comments are closed.