काठमाडौं । नेपालका लागि एक्कोट्स कन्ट्रक्सन इक्युपमेन्टको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले एस्कोर्टस् मेसिन खरिदका लागि दशैं तिहारमा विशेष अफर ल्याएको छ । सो अफर अन्तर्गत कुनै पनि एस्कोर्टस् मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको होम एप्लाइन्स प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।
आइएमई अटोमोटिभ्स्ले यो अफर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाइनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितिमा फाइनान्सको सुविधाले ग्राहकलाई अझ सहज हुने कम्पनीले जनाएको छ ।
‘एस्कोर्टस् ब्राण्डको पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो,’ विज्ञप्तिमा भनिएको छ । ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा बिक्री भइरहेका छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्री हुने कम्पनीको दावी छ ।
एस्कोर्टसले बिक्रीलाई मात्र नभई बिक्री पछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको कम्पनीले जनाएको छ ।
Comments are closed.