एस. सुवेदी फर्निचर सप्लायर्स पुनः सञ्चालनमा

आर्थिक आवाज
पोखरा, २४ भदौ । पोखराको न्युरोडमा एस. सुवेदी फर्निचर सप्लायर्स पुनः सञ्चालनमा आएको छ । बिगत ६ वर्षदेखि सञ्चालित फर्निचर केही महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । मंगलबारबाट पूर्ण रुपमा फर्निचर सप्लायर्स सञ्चालनमा आएको सूर्य सुवेदीले जानकारी दिए ।

न्युरोडमा फर्निचर सप्लायर्स र विजयपुरमा फर्निचर उद्योग सञ्चालनमा आएको हो । ‘सुपथ मूल्यमा होलसेल र खुद्रा व्यापार गर्छौं,’ उनले भने, ‘पोखरा तथा आसपासका क्षेत्रका लागि आवश्यक फर्निचर सामग्री आफ्नै उद्योगबाट उत्पादन गर्छौं ।’ ग्राहकको चाहना अनुसार आकर्षक डिजाइनमा फर्निचर सामग्रीहरु तयार पारिने सुवेदीले बताए ।

ग्राहकको अर्डर अनुसार पलङ, दराज, सोफा, टिभी ¥याक लगायतका सामग्री उद्योग तथा सप्लायर्सबाट उपलब्ध गराइने सञ्चालक प्रमिला सुवेदीले जानकारी दिइन् । ‘किचन डेकोरेसन र इन्टेरियर डिजाइनमा डेकोरेसन लगायतको काम पनि गरिन्छ,’ उनले भनिन् । उद्योग र सप्लायर्समा गरेर करिब २० जनालाई प्रत्यक्ष रोजगारी दिन आफूहरु सफल रहेको उनले बताइन् । 

You might also like

Comments are closed.