ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंकबीच मर्जर सम्झौता

आर्थिक आवाज
पोखरा, २ जेठ । ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्जरमा जाने भएका छन् । ३ महिनाभित्र बैंकलाई एक आपसमा गाभ्ने निर्णयसहित दुवै बैंकले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ओमको तर्फबाट अध्यक्ष सुशील गोशेली र एनएमबीको तर्फबाट अध्यक्ष पवन गोल्यानले सम्झौता पत्रमा हस्ताक्षर गरेको ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । मर्जरसँगै बैंकको पुँजी १२ अर्ब रुपैयाँ पुग्नेछ ।

ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सिल बैंकले एक्युजिसन (प्राप्ती) गर्ने गत वर्षको सहमति सफल नभएपछि ओम बैंकले मर्जरको विकल्प खुल्ला राखेको थियो । निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब पुग्ने छ । मर्जर पश्चात बैंकको नाम एनएमबि बैंक लिमिटेड रहने छ । झन्डै २३ वर्षको अनुभव संगालेको सो बैंकले सन् २०१७ र २०१८ मा लगातार दुई पटक बैंक अफ द इयर पुरस्कार प्राप्त गरेको छ ।

You might also like

Comments are closed.