ओम बैंकद्धारा बित्तीय साक्षरता साथै डस्टबिन वितरण

पोखरा, १२ फागुन
ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी रहेको छ ।

आइतबार बैंकले कास्कीेको माछापुच्छ«े गाउँपालिका घाचोक र पोखरा–२१ निर्मलपोखरीका स्थानीयहरुको लागी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । जसमा बैंकका कर्मचारी पदम जि.सि. र बामदेब पौडेलले बित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराएका थिए ।

साथै बैंकले चितवन रत्ननगर १६ भद्रकाली मा.वि.का विधार्थी, सोही वडाका आमा समुह, टोल विकास समितिका सदस्यहरुका बीच वित्तीय साक्षरता कार्यक्रम गर्नुका साथै डस्टविन पनि वितरण गरेको थियो । त्यसैगरी बैकले लमजुङको दोर्दी तान्जेमा अवस्थित वाल विकास प्राथमिक विधालयलाई फिल्टर र विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको थियो । बैंकले यस अघि पनि चितवन भरतपुरको नयाँ किरण मा.वि., पोखरा महानगरपालिका वडा नं २६ मा अवस्थित लक्ष्मी मा.वि वडा नं २८ मा अवस्थित जनज्योति मा.वि.मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

You might also like

Comments are closed.