ओलीको राष्ट्रबाद कालापानीमा उत्रियोः देउवा

सन्देश श्रेष्ठ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रबाद कालापानीमा उत्रिएको टिप्पणी गरेका छन् । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनको वार्षिक साधारण सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले ओलीको राष्ट्रबादको मुखुण्डो कालापानीमा गएर उत्रिएको टिप्पणी गरेका हुन् । राष्ट्रबाद चुनाव जित्ने खोल थियो, ‘उनले भने,‘अहिले त्यो राष्ट्रबादको खोल कालापानीमा उत्रियो ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले ओली सरकारले प्रजातन्त्र मास्ने प्रयास गरिरहेको आरोप लगाए । तर कांग्रेसले प्रजातन्त्रको खिलाफमा कुनैपनि काम गर्न नदिने दाबी गरे । सरकार अधिनायकबादतर्फ उन्मुख छ,‘उनले भने,‘तर हामी कुनैपनि हालतमा प्रजातन्त्रको खिलाफमा जान दिन्नौं, त्यसका लागि कांग्रेस लड्छ ।’

jutta mela

सभापति देउवाले सरकारले न्यायापालिकालाई पंगु बनाउने प्रयास गरिरहेको आरोप लगाए । आफू निकटकालाई नियुक्त गर्ने र आफूले भने अनुसारको निर्णय गराउने प्रयासमा सरकार रहेको भन्दै त्यसबिरुद्ध लड्न डेमोक्रेटिक लयर्सहरुलाई उनले आग्रह गरे ।

देउवाले कास्की २ को चुनाव प्रजातन्त्रबादीले जित्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रजातन्त्रबादी वकिलदेखि लिएर सबै प्रजातन्त्रबादीहरु लाग्नुपर्ने उनको भनाई थियो । अरुको पालो पछि आउँछ,‘उनले भने,‘अहिले दुःख पाएका, अन्यायमा परेका खेमराजलाई जिताउँ, त्यसपछि अरुको पालो त आइहाल्छ ।’

कांग्रेस महामन्त्री डा.सशांक कोइरालाले कास्की २ को चुनाव मिनि जनमत संग्रह भएकाले कांग्रेसले जित्नैपर्नेमा जोड दिए । सरकार अधिनायकबादतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले त्यसलाई सबक सिकाउनपनि कास्की २ को चुनाव जित्नुपर्ने आवश्यक्ता औंल्याए ।

You might also like

Comments are closed.