ओली एण्ड एसोसिएट्समा अष्ट्रेलिया र न्युजिल्याण्डको साताव्यापी भर्ना कार्यक्रम

पोखरा । ओली एण्ड एसोसिएट्स पोखराले साता व्यापी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । कात्तिक ३ देखि ८ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न लागिएको प्रवन्धक तिलक लामिछानेले जानकारी दिए ।

बिगत १८ वर्षदेखि १८ वटा शाखाहरुबाट अष्ट्रेलियन एजुकेसन र माइग्रेसनको क्षेत्रमा काम गर्दै आइरहेको ओली एण्ड एसोसिएट्सले यो वर्षबाट न्युजिल्याण्डलाई नयाँ शैक्षिक गन्तव्यको रुपमा काम गर्दै आइरहेको छ ।

भर्ना अभियानका क्रममा अष्ट्रेलिया र न्युजिल्याण्डका दक्ष परामर्शदाताबाट परामर्श सेवा प्रदान हुने लामिछानेले जानकारी दिए । ‘ओली एण्ड एसोसिएट्सको कार्यालय जिरोकिलोमिटर पोखरामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्ना कार्यक्रम चल्छ,’ उनले भने ।

jutta mela

छात्रवृत्तिका बारेमा पनि विस्तृत जानकारी प्रदान गरिने उनले बताए । ‘शैक्षिक ऋणका बारेमा विस्तृत जानकारी प्रदान गरिन्छ,’ उनले भने, ‘स्टेटमेन्ट अफ पर्पोज (एसओपी) लेखनमा सहयोग पनि हुनेछ ।’ युनिभर्सिटी तथा क्याम्पसहरुमा अफरको प्रक्रिया अगाडि बढाउनुका साथै विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया र न्युजिल्याण्डको शैक्षिक अवस्था र सम्भावनाहरुको बारेमा जानकारी तथा परामर्श प्रदान गरिने लामिछानेले बताए ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा न्युजिल्याण्ड जान चाहने विद्यार्थी तथा तिनका अभिभावकका लागि साता व्यापी भर्ना अभियान निकै प्रभावकारी हुने लामिछाने बताउँछन् । ‘पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थीलाई आफ्नो अनुकुल समयमा उपस्थित हुन सजिलो होस् भन्ने उद्देश्यले साताव्यापी कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने ।

You might also like

Comments are closed.