ओली सरकार नागरिक स्वतन्त्रता खोस्न खोज्दैछः देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले नागरिक स्वतन्त्रता खोस्न खोजेको आरोप लगाएका छन् । पोखरामा मंगलबार आयोजित स्व.दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रम २०७५ अर्पण समारोहमा बोल्दै उनले नागरिकको स्वतन्त्रता खोसेर प्रजातन्त्रको खिलाफमा जान खोजेको आरोप लगाएका हुन् ।

हिटलरले संसदबाटै सत्ता कब्जा गरेको उदाहरण दिदै ओली सरकारले पनि सच्चा मानेमा कम्युनिष्टको रुप ल्याउन खोज्दैछ,’ ‘उनले भने, ‘यो सरकार प्रजातन्त्रको खिलाफमा छ ।’ उनले सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत ल्याइएका विभिन्न विधेयक कांग्रेसले विफल पारेर सत्ता कब्जा गर्न नदिने बताए ।

देउवाले पत्रकारिता, मानवअधिकार र सेना परिचालन जस्ता क्षेत्रमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए । उनले प्रधानमन्त्री एक्लैले सेना परिचालन गर्न पाउने प्रावधान कांग्रेसलाई कुनैपनि हालतमा मान्य नहुने बताए ।

jutta mela

देउवाले प्रजातन्त्र र पत्रकारिता एक अर्काका परिपुरक भएको भन्दै यसमाथिको नियन्त्रणपनि मान्य नहुने उद्घोष गरे । प्रजातन्त्रमा बोल्न पाउने, लेख्न पाउने कुरा नभई नहुने कुरा हो,’ ‘उनले थपे, ‘तर यहि कुरा गर्दा ओली सरकारले जेल हाल्नेसम्मको प्रावधान राखेर मिडिया काउन्सिल विधेयक ल्याउन खोजेको छ, उसले यो पत्रकारितालाई कमजोर बनाउन ल्याउन खोजेको हो, तर हामीलाई यो कदापी स्वीकार्य छैन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले मानव अधिकार आयोगलाईपनि ओली सरकारले अधिनमा राख्न खोजेको आरोप लगाए । ओली सरकार नसुध्रिए कांग्रेस सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्ने बताउँदै उनले अहिले संसदबाट दवाब दिइरहेको र त्यसलाई बेवास्ता गरेर अगाडि बढ्न खोजे सडक आन्दोलन गर्ने बताए । हामी कुर्सी भाँच्दैनौं,‘उनले थपे,‘न त रेलिङ नै भाँच्छौं, हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।

You might also like

Comments are closed.