‘कंगारु एड्मिसन डे अष्ट्रेलिया’ आयोजना

पोखरा, १६ साउन । अष्ट्रेलियामा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी कंगारु एजुकेशन फाउण्डेशन पोखराले कंगारु एड्मिसन डे अष्ट्रेलियाको आयोजनामा गरेको छ । चिप्लेढुंगा स्थित सेलवेज टावरको पाचौं तलामा रहेको कंगारुको कार्यालयमा साउन १८ र १९ गते दुई दिनसम्म हुने कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधीहरुसँग पोखरा क्षेत्रका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा भेट गरी सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

साथै आफूलाई उपयूक्त हुने कलेज तथा विश्वविद्यालयमा भर्नाका लागि समेत आवेदन गर्न सक्ने सुबिधा प्रदान गर्ने गरी यो कार्यक्रम राखिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका कार्यकारी निर्देशक टि.आर. काफ्लेले बताए । पछिल्लो समय नेपाली विद्यार्थीहरुको अष्ट्रेलिया प्रति बढ्दो रुची र सहज भिसा पद्धती भएका कारण वर्षमा तीन पटक भर्ना लिइने अष्ट्रेलियाका लागि दुई दिने कार्यक्रममा नोभेम्वर तथा फेब्रेवरीका लागि निवेदन स्वीकार गरिनेछ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने कंगारु एड्मीसन डेमा विद्यार्थीको शैक्षिक योग्यता तथा प्राप्ताङकका आधारमा विभिन्न कलेज तथा युनिभर्सिटीको छात्रवृति उपलब्ध गराइनेछ । कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक कर्जाको वारेमा जानकारी गराउन सिद्धार्थ बैंकले पनि आफ्नो सहभागिता जनाएको बताइएको छ ।

कंगारु एड्मीसन डे अन्य शैक्षिक मेला भन्दा फरक किसिमले आयोजना गरिएको काफ्लेले बताए । ‘कार्यक्रममा सहभागी हुने विद्यार्थी तथा अभिभावकलाई कंगारु एजुकेशन पोखराले बिशेष गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेको छ,’ उनले भने । कंगारु एजुकेशन पोखराको आफ्नै कार्यालय परिसरमा संचालन हुने शैक्षिक मेलामा अष्ट्रेलिया स्थित ११ वटा कलेज तथा यूनिभर्सिटीहरुको प्रत्यक्ष सहभागिता रहने संस्थाका अपरेशन प्रमुख वविता पराजुलीले जानकारी दिइन् ।

lcci
You might also like

Comments are closed.