कन्ट्रयाक ट्रेसिङमा परेका पोखराका ३९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

पोखरा । पोखराबाट काठमाडौँमा थप उपचारका लागि काठमाडौं पठाइएका एक पुरुषको सम्पर्कमा आएका ३९ जनाको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ (कोरोनको संक्रमण नभएको) आएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखराबाट हृदयघात भइ थप उपचारका लागि काठमा काठमाडौं लगिएका उक्त व्यक्तिको सम्पर्कमा पोखराका ‘हाइ प्रोफाइल’का व्यक्तिहरु थिए ।

उपचारका लागि काठमाडौं लगिएको व्यक्तिमा कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङमा परेकाहरु त्रासमा रहेका थिए भने पोखरामा पनि धेरैमा कोरोना फैलिएको हुनसक्ने अनुमान गरिएको थियो ।

You might also like

Comments are closed.