‘कमजोर विद्यार्थीलाई औषत र औषत विद्यार्थीलाई उत्कृष्ट बनाउँछौं’

अचुत पाण्डे, संस्थापक प्राचार्य, गुरुकुल विद्या सदन मा.वि., नयाँबजार पोखरा

शिक्षण पेशामा करिब २ दशकको अनुभव सहित शिक्षा सेवा पुरस्कारबाट पुरस्कृत अचुत पाण्डे गुरुकुल विद्या सदन मा. वि. नयाँबजार पोखरा (जुन पोखरा महानगरपालिका कार्याल न्युरोडबाट करिब ३०० मि. पुर्व नयाँबजार निस्कने बाटोमा रहेको छ) का सस्थापक प्राचार्य हुनुहुन्छ। करिब १२ वर्षसम्मको प्रशासनिक अनुभवसमेत हासिल गर्नुभएका पाण्डेसँग हामीले गुरुकुल विद्या सदनका विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

विद्यालय सञ्चालनका लक्ष्य तथा उद्देश्य के कस्ता छन्?

समय सापेक्ष सस्कारयुक्त शिक्षा प्रदान गरि आजका बालबालिकालाइ भबिष्यका विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका दिनसक्ने असल, राष्ट्रप्रेमी नागरिकका लागि आधारशिला तयार गरि नेपालको हकमा शिक्षाको तहगत उदेश्य प्राप्त गर्नुनै हाम्रो मुख्य उदेश्य हो। शान्त, मनोरम, प्राकृतिक स्थानमा अवस्थित यस विद्यालय मा पुर्ण वालमैत्री वातावरण कायम गरि सस्कार र प्रविधिमैत्री तरिकाबाट समयसापेक्ष शिक्षा प्रदान गर्दै आइरहेको र भोलिको गन्तव्य पनि अझ परिस्कृत ढङ्गबाट शिक्षालाइ प्रयोगात्मक तथा ब्यबहारिक बनायर लैजानेनै हो। विद्यार्थीलाइ हतोत्साहित बनायर हैनकी हौसला प्रदान गर्दै कमजोर लाई औसत र औसतलाइ उत्कृष्ट बनाउनु हाम्रो उदेश्य हो।

jutta mela

विद्यालयको बारे के भन्नुहुन्छ

२०५१ सालमा दुन एकेडेमीको नामबाट संचालनमा आएको यस विद्यालय २०६३ सालबाट गुरुकुल विद्या सदनको नामबाट सञ्चालन भै २०६८ सालबाट ब्यबस्थापन संकायमा कक्षा ११ को पठनपाठन शुरु गर्दै २०७६ सालबाट नयाँ संचालकहरुको प्रवेश सगै बिज्ञान, ब्यबस्थापन, होटल ब्यबस्थापन, ट्राभल एण्ड टुरिजमका कक्षा हरु सञ्चालन हुँदै आइरहेका छन। हाल पुर्व नर्सरीदेखि कक्षा १२ सम्मका कक्षाहरु संचालनमा छन् ।

विद्यार्थी भर्ना प्रक्रिया कस्तो

विद्यालयको प्रवेश परिक्षाको लागि तय गरियको फाराम भरि प्रवेश परिक्षामा समाबेश भै उत्रिण भयका विद्यार्थीहरुले तोकियका काजजत पेस गरे पछि मात्र भर्ना हुन सक्ने प्राबधान रहेको छ।गतसालको कक्षा ११ को प्रवेश परीक्षामा १ हजार भन्दा धेरै विद्यार्थीहरु उत्साहजनक रुपमा सहभागि रहेकोमा विद्यालयले आफ्नो २ सय जना बराबरको कोटामा मात्र विद्यार्थी भर्ना गरेको थियो। शैक्षिक प्रशासनिक क्षेत्रमा नै अव्वल ब्यक्तिहरुको समुह भएकाले नै हामीप्रति विद्यार्थीको विश्वास बढेको हो ।कक्षा ११ को बिज्ञान बिषयमा भर्ना हुनका लागि कम्तिमा पनि ३ जिपिए ल्याएको हुनुपर्छ भने  म्यानेजमेन्ट र होटल म्यानेजमेन्टका लागि २.४ जिपिए ल्याएका विद्यार्थीहरुले भर्नाको लागि आवेदन दिन सक्नुहुन्छ । आवेदन दिएपछि प्रवेश परीक्षा हुन्छ । त्यसबाट नै विद्यार्थी छनोट गर्छौ । कोरोना महामारीका कारण अहिले अनलाईन मार्फत आवेदन दिन सक्नुहुन्छ । अनलाइन आवेदन खुलिरहेको छ।

कस्तो टिमले विद्यालय सञ्चालन गरेको

शैक्षिक तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव भएको अनुभवी तथा दक्ष सञ्चालक टिम हामीसँग छ । शैक्षिक तथा प्रशासनिक सबै काम सञ्चालकनै सहभागी भएर गर्ने हुँदा विद्यालय उत्कृष्ट बन्न सफल छ । शैक्षिक क्षेत्रमा राष्ट्रियस्तरमानै आफ्नो उचाई बनाउनुभएका व्यक्ति हामीसँग हुनुहुन्छ ।  संस्थापकहरु नै विद्यार्थीको शिक्षक तथा अभिभावकीय भुमिकामा रहि क्लष्टर गार्जियनसिप प्रदान गर्ने यस विद्यालयको अर्को विशेषता रहेको छ। घरबाट विद्यालय आउने विद्यार्थीले Home away from home को राम्रो वातावरण पाउने कुराको निस्चितता छ।

अध्ययन अध्यापनसँगै अन्य केकस्ता गतिविधी सञ्चालन हुने गरेका छन्

अध्ययनसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी सहभागी हुने अवसर पाउछन् । विभिन्न खेलकुद हाजिरीजवाफ, वक्तृत्वकला, लेखन प्रतियोगिता लगायत विभिन्न अतिरिक्त क्रियाकलाप विद्यालयमा संचालन हुन्छन् । विद्यार्थीमा देखिने विभिन्न ब्यक्तिगत, सामाजिक, मनोवैज्ञानिक, वातावरणीय, तथा घरायसी समस्या समाधानका लागि रेगुलर काउन्सिलिङ पनि हामी गर्छौं । विभिन्न मोटिभेसनल कार्यक्रम गर्छौ, जसले विद्यार्थीमा रहेका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन सहयोग गर्दछन् । उत्कृष्ट प्रयोगशाला, लाइव्रेरी, सुविधासम्पन्न भौतिक व्यवस्था विद्यालयका अन्य आकर्षणहरु रहेका छन। सिकाइका लागि अध्ययन अवलोकन भ्रमण, हाइकिङ, ¥याफ्टिङ, फिल्ड भिटिजमा विद्यार्थी सहभागी गराइ एतिहासिक, भौगोलिक, पर्यटकीय गन्तव्य सग सम्बन्धित सिकाइहरुको अवसर प्रदान गर्छौं ।

शैक्षिक वातावरण कस्तो

पोखराको मुख्य केन्द्र न्युरोड र नयाँबजारको बीचमा विद्यालय छ । बजार क्षेत्रमा भएर पनि अध्ययनको लागि शान्त, सुन्दर, मनोरम वातावरण रहेको छ। साथै यातायातको सहज पहुँच रहेको स्थानमा विद्यालय रहेको तथा विद्यार्थीको आवश्यकतालाई हेरेर विद्यालयले पनि आन्तरिक यातायातको सुबिधा व्यवस्था गरेको छ। पूर्ण पारिवारिक तथा प्राकृतिक सिकाइको वातावरण भयकाले शिक्षण सिकाइको लागि अतिनै प्रभाबकारी छ।

विद्यार्थीका लागि केकस्ता कार्यक्रम गर्दै आउनुभएको

विषयगत रोजाई र भावी गन्तव्यको सफलताको लागि विद्यार्थीलाई करियर काउन्सिलिङ आवस्यक पर्दछ। उनीहरुले सोचेको र अध्ययन गर्न खोजेको विषय उनीहरुको लागि उपयुक्त छ कि छैन भनेर पत्ता लगाइ सोही अनुसार सल्लाह सुझाव दिनु अतिनै महत्त्वपूर्ण हुन जान्छ। प्रोफेसनल व्यक्तिहरु साथै डाक्टर, इन्जिनियर, बैंकर, प्रोफेसर, इन्टरप्रेनर लगायत विविध क्षेत्रका व्यक्तिहरुबाट  काउन्सिलिङ गराइ विद्यार्थीहरुलाइ सहि बाटो रोजि भबिस्यमा असल तथा सफल हुनका लागि अबसर प्रदान गरिरहेका छौ।

विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था कस्तो

विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था पनि गरेका छौं । नेपाल सरकारले सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको लागि ३ प्रतिशत कोटा छुट्याएका छौं । गत सालको अनुभवमा यस अन्तर्गत ५ प्रतिशत भन्दा धेरै विद्यार्थीको रोजाईमा हामी पर्यौ र तेसलाइ स्वीकार पनि गरयौ। तेसैगरि २ प्रतिशत निजी विद्यालयबाट आएका विद्यार्थीको लागि छात्रवृत्तिको ब्यबस्था रहेको छ। प्रवेश परीक्षामा उत्कृष्ट हुने १ छात्र र १ छात्रालाई शतप्रतिशत छात्रवृत्ति दिन्छौं । एसईईमा ४ जिपिए ल्याएका १ छात्र र १ छात्रालाई सत प्रतिसत मासिक शुल्क छुट दिन्छौं  । एसईईमा ३.८ जिपिए ल्याएका १ छात्र र १ छात्रालाई ७५ प्रतिशत मासिक शुल्क  छुट दिन्छौं । ३.६ देखि ३.७९ जिपिए ल्याएका १ छात्र र १ छात्रालाई ५० प्रतिशत मासिक शुल्कमा छुट दिन्छौं ।  अपाङ्गता भएका, विपन्न परिवारका जेहेन्दार १ छात्र र १ छात्रालाई ५० देखि ७५ प्रतिशतसम्म शिक्षा शुल्कम छुट दिन्छौं । दुर्गम क्षेत्र र सिमान्तकृत वर्गका १ छात्र र १ छात्रालाई ५० देखि ७५ प्रतिशतसम्म शिक्षा शुल्कमा छुट दिन्छौं ।

You might also like

Comments are closed.