कम्प्युटर फ्याकल्टी एसोसियसनमा कृष्णकुमार

पोखरा । कास्की जिल्ला भित्र विभिन्न क्याम्पस तथा विद्यालयमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि शिक्षा अध्यापन गर्ने शिक्षकहरु एकजुट भएका छन् । शनिबार भएको भेलाले कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा कम्प्युटर फ्याकल्टी एसोसियसन नेपाल (सिफान) कास्की एकाई सर्बसम्मत गठन गरेको छ ।

उपाध्यक्षमा बिक्रमराज चापागाई, सचिवमा यमकुमार बराल, सहसचिवमा सागर खत्री र कोषाध्यक्षमा रेखा थापा चयन भएका छन् । सदस्यहरुमा टंकप्रसाद ढकाल, जितबहादुर थापा, महेश गौतम, शान्ति भट्टराई, दीनेश रानाभाट, सूर्यराज भट्टराई छन् ।

एक वर्ष भित्र विधान निर्माण गरी कास्की जिल्ला भित्र विभिन्न क्याम्पस तथा विद्यालयमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि शिक्षा अध्यापन गर्ने शिक्षकहरुलाई सदस्य बनाई बृहत अधिवेशन गर्ने निर्णयसमेत भेलाले गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.