कम्प्युटर शिक्षकहरुलाई ‘हार्डवयर एण्ड नेटवर्किङ’ तालिम

आर्थिक आवाज
पोखरा, १५ चैत । कम्प्युटर महासंघ नेपाल (क्यान) कास्कीको आयोजनामा ‘हार्डवयर एण्ड नेटवर्किङ’ तालिम सुरु भएको छ । ५ दिनसम्म चल्ने तालिम शुक्रबार शुरु भएको क्यान कास्कीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक घननाथ सापकोटाले जानकारी दिए ।

तालिममा क्यान कास्कीका आबद्ध शिक्षा प्रदायक संस्थाका कम्प्युटर शिक्षकहरु सहभागी छन् । तालिममा सहभागी शिक्षकहरुबीच अन्तरक्रियासमेत हुनेछ । कम्प्युटर शिक्षकहरुका लागि नवीनतम ज्ञानहरुको अपडेट गराउन तालिम उपयोगी हुने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए ।

तालिममा क्यान गण्डकी प्रदेशका सहसचिव राजेन्द्र शर्मा, क्यान कास्कीका सहसचिव शेवक क्षितिज र क्यान कास्कीका सदस्य दीनेश तामाङले सहजीकरण गर्नेछन् । तालिममा २० जनाको सहभागिता छ । नयाँ ज्ञान सिक्नका लागि तालिम उपयोगी हुने क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले बताए ।

You might also like

Comments are closed.