करिस्मा र शान्ता जस्तै यी कुलमाया, एसईईमा ल्याइन उत्कृष्ट नतिजा

पोखरा । २०७५ को एसईई परीक्षामा उत्तीर्ण भएकी कलाकार करिस्मा मानन्धर र राजनीतिज्ञ शान्ता चौधरीको धेरै चर्चा भइरहेको छ । राष्ट्रिय सञ्चार माध्यमहरुमा उनीहरुका समाचार छाइरहेका छन् ।

करिस्मा र शान्ता जस्तै यस पटकको एसईईमा उत्तीर्ण पोखराकी कुलमाया क्षेत्री पनि चर्चा गर्न लायक पात्र हुन् । पोखरालाई केन्द्रमा राखेर राजनीतिसँगै व्यवसायमा सक्रिय रहेकी कुलमाया हजुरआमा समेत बनिसकेकी महिला हुन् ।

औपचारिक शिक्षाको महत्वलाई बुझेकी कुलमायालाई अध्ययन गर्न उमेरले छेकेन । महिला उद्यमी संघ नेपाल कास्कीकी सदस्य तथा वडा इकाई पोखरा ८ को अध्यक्षसमेत रहेकी कुलमायाले यस वर्षको एसइईमा बि प्लस (२.९ जिपिए) ल्याएर उत्तीर्ण बन्न सफल भएकी छन् ।

jutta mela

‘अध्ययनका लागि उमेरले छेक्दैन भन्ने उदाहरण बन्ने मेरो सोच थियो,’ उनले भनिन्, ‘एसइई उत्तीर्ण भएर थप शिक्षा हासिल गर्ने मेरो सपना साकार भएको छ । म निकै खुसी छु ।’ ४८ वर्षीया कुलमायाले काठमाडौंको सगरमाथा स्कुलबाट एसइई उत्तीर्ण गरेकी हुन् । आगामी शिक्षा सरकारी अथवा पब्लिक कलेजबाट अगाडि बढाउने सोच रहेको उनले सुनाइन् ।

You might also like

Comments are closed.