कर्मचारीलाई कृषि मन्त्रीको प्रश्नः कृषिका योजना कार्यान्वयन गर्न के ले रोक्यो ?

आर्थिक आवाज
पोखरा, १३ साउन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले कुन कार्यविधीले काम गर्न रोक्यो भनेर कर्मचारीलाई प्रश्न गरेका छन् । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले काम गर्न बाधा गर्ने कार्यविधी तुरुन्त सच्याइने बताए । उनले भने, ‘तर काम नगरी अन्तिमसम्म बसेर भन्ने होइन, जतिबेला काममा बाधा पुग्छ, काम रोकिन्छ वा समस्या हुन्छ, त्यतिबेलै हामीलाई खबर गर्नुस्, काम गर्न रोक्ने कार्यविधी तुरुन्त परिवर्तन गर्छौं ।’

मन्त्री थापाले असोज मसान्त भित्र कृषिका सबै योजनाको सम्झौता गरिसक्न कडा निर्देशन दिए । उनले कृषि मन्त्रालय अन्तर्गत हुने मुख्यमन्त्री नमूना कृषि गाउँ, मोडल फार्मलगायत सबै योजनाहरुको छनौट असोज भित्र सक्न निर्देशन दिएका हुन् । उनले साउन १५ देखि नै ति योजनाहरुको लागि सूचना प्रकाशित गर्ने, भदौ मसान्तसम्ममा प्रस्ताव पत्र संकलन गर्ने र असोज भित्रमा योजना छनौट गर्ने सेड्यूल अनिवार्य पालना गर्ने आग्रह गरे ।

ढिलागरी सम्झौता हुँदा योजनाहरु अधुरो हुने गरेको तथा कतिपय योजना अलपत्र पर्नेगरेको बताउँदै उनले असोज भित्रमा सम्झौता गर्नसक्ने त्यस्तो अवस्था नदोरिने आशा व्यक्त गरे । साउनदेखि असोजसम्मको ३ महिनामा सम्झौता गरिसक्नुपर्छ,‘उनले भने,‘त्यसो भयोभने बाँकी ९ महिनामा कसो काम नहोला, पक्कै हुन्छ ।’ उनले अघिल्लो आर्थिक वर्षमा मोडल फार्म, मूख्यमन्त्री नमूना कृषि गाउँलगायतका कार्य तथा बास्तविक किसानलाई अनुदान वितरण गर्न सकेको भन्दै अब त्यसको जगमा टेकेर अगाडि बढ्दा अवश्य पनि सफलता मिल्ने उनको भनाई थियो । उनले सम्बन्धित कार्यालय र कर्मचारीले गरेको कामको प्रगति हेरेर आगामी दिनमा मूल्यांकन गर्नेसमेत बताए ।

jutta mela

मन्त्री थापाले कृषिमा पशु तथा पन्छी पालनलाई प्राथमिकता दिनुपर्ने हो कि भन्ने निश्कर्षमा पुगेको बताए । जहाँ बढी आवश्यक्ता र माग बढ्दै जान्छ, त्यतातिर ध्यान दिनुपर्छ कि भन्ने मेरो भनाई हो,‘तर यो नै अन्तिम निश्कर्ष होइन, ‘उनले भने,‘यसमा समीक्षा र छलफल भने गर्नुपर्छ ।’ मन्त्री थापाले चिस्यान केन्द्र स्थापना गर्ने काममा तिव्रता दिन आग्रह गरे । उनले पहिलोपटकको सूचनाले काम नगरे पटक÷पटक सूचना निकालेर भएपनि चिस्यान केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.