कर्मचारी तथा सञ्चयकर्तालाई चरक मेमोरियलमा विशेष छुट

आर्थिक आवाज
पोखरा । पोखराको चरक मेमोरियल हस्पिटल प्रा. लि. र कर्मचारी सञ्चय कोषबीच सम्झौता भएको छ । जस अनुसार कर्मचारी सञ्चय कोषका सम्पूर्ण कर्मचारी तथा सञ्चयकर्ताले चरक मेमोरियल हस्पिटल पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

कर्मचारी सञ्चय कोषको तर्फबाट पोखरा शाखाका शाखा प्रमुख दिलीपराज पौडेल र चरक मेमोरियल हस्पिटलको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरका छन् ।

सम्झौता अनुसार चरक मेमोरियल हस्पिटल पोखरामा उपचार गराउँदा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारीहरुले सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्ने चरकका अध्यक्ष पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.