कर बुझाउने निर्णय खारेज गर्न चेम्बर अफ कमर्स गण्डकीको आग्रह

पोखरा । सरकारले जेठ २५ भित्र व्यवसायीहरुलाई कर बुझाउन गरेको आह्वानप्रति गण्डकी प्रदेश चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । लकडाउनका कारण व्यवसायहरु बन्द भइरहेको बेला व्यवसायीहरुलाई व्यवसायबाटै हात धुने अवस्था आइरहेको अवस्थामा लकडाउनकै समयसीमाभित्र कर बुझाउन गरेको आह्वानप्रति चेम्बर अफ कमर्सले विज्ञप्ती जारी गरी सरकारको निर्णयप्रति आपत्ति जनाएको हो ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव राजु श्रेष्ठद्वारा जारी विज्ञप्तीमा अति आवश्यक उद्योग ब्यापार तथा व्यसाय बाहेकका अन्य व्यवसायहरु ठप्प रहेको बेला आर्थिक गतिविधि समेत नभइरहदा बैंकको ब्याज, किस्ता तथा अन्य विविध खर्चहरु समेत धान्न नसकिरहेको अवस्थामा सरकारले कर बुझाउन आब्हान गर्नु असान्दर्भिक काम भएको जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘लकडाउनका कारण आर्थिक कारोबार मात्र बन्द नभइ उत्पादन वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली समेत अत्यन्त कठिन अवस्थामा पुगेको छ । तसर्थ यस गण्डकी प्रदेशको उद्यमी व्यवसायीको छाता संगठनको रुपमा रहेको यस गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रतिनिधि संस्था र यसमा संलग्न सम्पूर्ण उद्योगी, व्यापारी व्यवसायीले कर विवरण र कर रकम हाल बुझाउन कठिन भएको कारण लिखित तथा मौखिक रुपमा असमर्थता व्यक्त गर्दै आएकाले नेपाल सरकारले आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क विवरण र कर रकम बुझाउन जारी गरेको सूचना खारेज गरी अर्को सूचना जारी गर्न गण्डकी प्रदेश चेम्बर अफ कमर्स हार्दिक अपिल गर्दछौ ।’

You might also like

Comments are closed.