कर सम्बन्धी निर्णयमा पुनर्विचार गर्न सरकारलाई पोखरा पर्यटन परिषद्को आग्रह

पोखरा ।

यस्तो विषम परिस्थितिमा पनि सरकारबाट जेठ २५ गते भित्र मु.अ. कर, आयकर आदि जस्ता करहरु तिर्नका लागि ल्याइएको निर्देशनात्मक सूचनाप्रति पोखरा पर्यटन परिषदको ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाइएको छ । ‘यस्तो अवस्थामा कर नतिरेमा जरिवाना तिर्नुपर्ने भन्ने कुराले व्यवसायीलाई थप पीडा भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

उक्त निर्णयमा पुनर्विचार गरी कर तिर्ने म्याद थप गरी दिन पोखरा पर्यटन परिषदमा आवद्ध विभिन्न संस्थाहरुले सरकारसँग आग्रह गरेका छन् । ‘व्यवसाय बचाउन विविध प्रयास हुँदाहुँदै पनि पर्यटन व्यवसायी पलायन हुने अवस्था आएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

You might also like

Comments are closed.