कांग्रेसलाई आन्दोलनको बाटो नलाग्न नेकपा नेता नेपालको आग्रह

आर्थिक आवाज
पोखरा, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलन गर्ने कांग्रेसको सोंच नै गलत भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रमुख बिपक्षी दल कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेका हुन् ।

चिकित्सा शिक्षा विधेयक विधि र प्रक्रिया पु¥याएरै आएको बताउँदै उनले भने, ‘देश निर्माणमा जुट्नुपर्ने बेला आन्दोलन गर्ने कांग्रेसको सोंच नै गलत हो, म कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गर्दछु ।’ उनले कांग्रेस र शिक्षा शिक्षा विधेयक परिमार्जनको लागि अनसनमा बसेका डा.गोविन्द केसीलाई विधिको पालना गर्न आग्रह गरे । प्रतिपक्षलाई पन्छाउने सरकार र नेकपाको कुनै सोंच नरहेको उनको भनाई थियो ।

बरिष्ठ नेता नेपालले एसिया प्यासिफिक समिट आफू र प्रधानमन्त्रीको पहल र सहयोगमा नै सम्पन्न भएको खुलाशा गरे । समिटबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै उनले भने,‘समिटमा सहभागि भएर हामीले कुनै अपराध गरेका छैनौं, समिट म र प्रधानमन्त्री केपी ओलीकै पहल र सहयोगमा सम्पन्न भएको हो ।’ बरिष्ठ नेता नेपालले वाइड वडी विमान, एनसेल काण्ड, ३३ किलो सुन काण्ड, बुढी गण्डकीलगायतमा भ्रष्टाचार भएको छ भने त्यसको खोजी गर्नुपर्ने र दोषीलाई कार्वाही गर्नुपर्ने बताए । उनले नेकपा कुनैपनि भ्रष्टाचारीलाई जोगाउने वा संरक्षण गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

jutta mela

विधेयक कार्यान्वयन गर्ने अभियानको नेतृत्व गर्न डा.केसीलाई नेकपा प्रवक्ता श्रेष्ठको आग्रह

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले डा.गोविन्द केसीसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक आएको बताए । पार्टीको धारणा नै मेरो धारणा हो भन्दै उनले भने,‘डा.गोविन्द केसीसँग भएको सम्झौताको मुल स्पिरिट अनुसार नै विधेयक आएको छ । हो सम्झौताको शत प्रतिशत कुराहरु नआएको होला तर मर्म र भावना सबै समेटिएको छ, संसदले त्यसबारेमा छलफल गरेर सम्झौताको मूल विषय स्विकारेर विधेयक अघि बढाएको हो ।

शत प्रतिशत हुने नहुने कुरा त संसदको पनि आफ्नै सार्वभौम अधिकारको कुरा हो ।’ उनले चिकित्सा शिक्षा विधेयकले चिकित्सा शिक्षाको गुणात्मक सुधार अभियानको नेतृत्व गर्ने बताए । यसका लागि डा.केसीलाई धन्यवाद दिनुपर्ने बताउँदै उनले अब अन्य राजनीतिक विषयलाई नजोडिकन यसको कार्यान्वयन अभियानको नेतृत्व गर्न आग्रह गरे ।

You might also like

Comments are closed.