कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा

आर्थिक आवाज
पोखरा, २६ चैत । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको साझा संस्था नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिको यहि चैत २८ र २९ गते अर्थात बिहीबार र शुक्रबार पोखरामा हुने तेश्रो सम्मेलनको तयारी पूरा भएको हो ।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने सम्मेलनलाई सभापती देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।

jutta mela

पोखरा सभागृहमा हुने सम्मेलनले पार्टीलाई एक ढिक्का बनाउन दवाब दिने अध्यक्ष पुडासैनीले बताए । गुट, उपगुटले कांग्रेस कमजोर बनेकाले सम्मेलनले नेतृत्वलाई एकै ठाउँमा राखेर मिलेर जानका लागि दवाब दिन लागेको उनले बताए । सम्मेलनले पार्टीका कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पार्टी नेतृत्वलाई अनुरोध गर्ने, आर्थिक श्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउँदै पार्टीलाई नवजीवन दिनका लागि योगदान दिने, पार्टीका भातृ संस्थालगायतलाई महाधिवेशन गर्दै कार्यकर्ता परिचालन गर्नका लागि दवाब दिने, पार्टीको कृयाशिल सदस्यता वितरणमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्नका लागि दवाब दिने भएको छ ।

नेपाली कांग्रेस कास्कीको ब्यबस्थापनमा हुने सम्मेलनमा ६५ भन्दा बढी जिल्लाका कोषाध्यक्षहरुको सहभागिता हुने अध्यक्ष पुडासैनीले बताए । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कम खर्चमा सम्मेलनलाई भव्य बनाउने प्रयास गरिएको बताए । सम्मेलनले कांग्रेसमा भएको गुट उपगुटको अन्त्य गर्दै सुदृढ बनाउनका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले भेलामा आउने कोषाध्यक्षहरु आफ्नै खर्चमा आउने उनले बताइन् । पोखरा आएपछि बस्ने र खाने भने कांग्रेस कास्कीले व्यवस्था गर्ने उनले जानकारी दिइन् । प्रचार संयोजक नवीन सिग्देलले जिल्ला कोषाध्यक्षहरुको सम्मेलनको प्रचार प्रसारले पोखरा कांग्रेसमय भएको र सडक चारतारे झण्डामय भएको बताए ।

You might also like

Comments are closed.