काठमाडौं इन्फोसिसको ‘एडमिसन विक’

पोखरा, १ पुस । काठमाडौं इन्फोसिस पोखरा शाखाको आयोजनामा एड्मिसन विक सोमबारबाट हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर एड्मिसन विकको आयोजना गरिएको काठमाडौं इन्फोसिस पोखरा शाखाका सञ्चालक अर्जुन गुरुङले जानकारी दिए ।

काठमाडौं इन्फोसिसले अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, युएसए लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदै आइरहेको छ । विदेश अध्ययन गर्न जाँदा के कस्ता प्रक्रिया पुरा गर्नुपर्छ, विद्यार्थीको स्तर अनुसार कुन विषय पढ्न उचित हुन्छ, छात्रवृत्तिको व्यवस्था के कस्तो छ लगायत विषयमा एड्मिसन विकमा परामर्श प्रदान गरिने गुरुङले जानकारी दिए ।

‘विभिन्न देशमा रहेका कलेज तथा युनिभर्सिटीसगँ हाम्रो राम्रो सम्वन्ध छ,’ उनले भने, ‘विद्यार्थी जान चाहेको देश अनुहार हामी कलेज तथा युनिभर्सिटी छान्न सहयोग गर्छौं ।’ कलेज तथा युनिभर्सिटीको कोर्ष, भर्ना प्रक्रिया, फि लगायतका वारेमा पनि जानकारी दिइने गुरुङले
जानकारी दिए । काठमाडौं इन्फोसिसको पोखरा शाखा सञ्चालन आएको २ वर्ष भन्दा बढी भएको छ । ‘विद्यार्थी माझ काठमाडौं इन्फोसिस लोकप्रिय छ,’ गुरुङले भने ।

You might also like

Comments are closed.

Secret Link