कान्तिपुरद्धारा विद्यार्थीलाई प्रमाणपत्र प्रदान

पोखरा, १८ असार ।

कान्तिपुर होटल ट्रेनिङ सेन्टरले विभिन्न विधामा तालिममा सहभागी विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र प्रदान गरेको छ । होटल पोखरा ग्राण्डमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिटिइभिटी राष्ट्रिय शिप परिक्षण समितिका उप प्रमुख टैलेन्द्र आचार्यले शिपयुक्त नेपाल, सम्बृद्ध नेपाल बनाउने अठोटमा कान्तिपुर लागि परेको बताए । उनले शिप सिकेपछि रोजगारीको ग्यारेन्टी गर्ने एकमात्र संस्था कान्तिपुर रहेकोले उक्त संस्थाको सिको अन्य संस्थाले पनि गर्नुपर्ने धारणा राखे । उनले देशमा शीपयुक्त जनशक्तिको आवश्यकता रहेको बेला राज्यले गर्नेकाम संस्थाले गरेको भन्दै खुशी ब्यक्त गरे । कान्तिपुर होटल ट्रेनिङ सेन्टर सिटिइभिर्टीबाट सम्बन्धन लिएको मध्यमा अब्बल रहेको उनको भनाई छ ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाका प्रिन्सिपल प्रकाश रेग्मीले यस्ताखालका तालिम दिने संस्थाले युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने र बैदेशिक रोजगारमा जाँदा पनिदक्ष बनाएर पठाउने गरेको धारणा राखे । उनले विगतमा यहाँका तारे होटलहरुमा विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता भएपनि अहिले यस्ता संस्थाले गर्दा यहीँ जनशक्ति तयार भएको भन्दै खुशी व्यक्त गरे ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले अहिले पनि पोखराका होटलहरुमा झन्डै ३ हजार जनशक्ति अपुग रहेको जानकारी दिए । यस्ता जनशक्तिको आपुर्ति कान्तिपुर होटल ट्रेनिङ सेन्टर जस्ता तालिम केन्द्रले गर्न सक्ने उनको धारणा थियो । पर्यटकीय नगरी पोखरामा अहिले २५ हजार जनाले होटल क्षेत्रमै प्रत्यक्ष रोजगारी पाएको जानकारी दिए । दुलेगौडा होमस्टे तथा युवा क्लवका अध्यक्ष युवराज भट्टराईले कान्तिपुर होटल ट्रेनिङ सेन्टरसंगको सहकार्यले आफ्नो ठाउँमा जनशक्ति उत्पादन र व्यवसाय गर्न सहज भएको बताए । उनले आगामि दिनमा यस्ता खालका तालिम र शिप दिने सम्बन्धमा सहकार्य गर्दै जाने उल्लेख गरे ।

ट्रेनिङ सेन्टरका अध्यक्ष विजय पौडेलले विगत १५ बर्ष देखि आफ्नो ट्रेनिङ सेन्टरले २४ हजार युवालाई तालिम दिएर देश विदेशमा रोजगार र स्वरोजगारको अवसर प्रदान गरेको जानकारी दिए । अष्ट्रेलियाको कुलिनरी सोलुसन अष्ट्रेलियबाट सम्बन्धन लिएर कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज विगत ४ वर्ष देखि सञ्चालनमा ल्याइएको उनले बताए । उक्त कलेजमा पढ्ने विद्यार्थीका लागि विभिन्न देशका ५ तारे होटलमा ६० हजार देखि १ लाख ३० हजार रुपैयाँसम्म कमाउने गरी रोजगारीको ग्यारेन्टी गरिएको उनले जानकारी दिए । उक्त कार्यक्रममा १ सय ७५ विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

You might also like

Comments are closed.