कान्तिपुर होटल ट्रेनिङ १५औं वर्षमा, १६४ विद्यार्थीलाई सर्टिफिकेट वितरण

आर्थिक आवाज

पोखरा । कान्तिपुर होटल ट्रेनिङ सेन्टर पोखराको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । ट्रेनिङ सेन्टरबाट विभिन्न चरणमा सम्पन्न भएका तालिममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको अध्यक्ष विजय पौडेलले जानकारी दिए ।

jutta mela

कार्यक्रममा बोल्दै पौडेलले सिकेको सिपलाई अवसरमा बदल्न विद्यार्थीलाई आग्रह गरे । पर्यटन व्यवसायमा कुशल नेतृत्व गरी उच्च सेवामा पुग्न र सफल व्यवसायी बन्न उनले सुझाव दिए ।

उक्त अवसरमा १ सय ६४ जना विद्यार्थीलाई सर्टिफिकेट वितरण गरिएको हो । ट्रेनिङ सेन्टरबाट हालसम्म करिब २५ हजार जना विद्यार्थीले तालिम लिइसकेको पौडेलले जानकारी दिए । सन् २००४ देखि पोखरामा ट्रेनिङ सेन्टर सञ्चालनमा छ ।

यसैबीच, कान्तिपुर होटल ट्रेनिङ सेन्टर स्थापनाको १५ वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा अध्यक्ष पौडेलले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, व्यवसायी लगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

You might also like

Comments are closed.