कास्की २ उपनिर्वाचनः अझै सुरु भएन मत गणना

पोखरा । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभाको लागि एक मात्र निर्वाचन क्षेत्र कास्की २ को मत गणना राति पौने १ बजेसम्म सुरु भएको छैन । सर्वदलीय बैठकपछि १०ः३० बजेबाट मत गणना गर्ने भनिए मध्य रातसम्म पनि मत गणना सुरु भएको छैन ।

मतपेटिकामा प्रयोग गरिएको शिल्ड र त्यसको मुचुल्काका विषयमा विवाद भएपछि मत गणनामा सुरु हुन सकेको छैन । साझा र समाजवादी पार्टीका प्रतिनिधिले मत गणनामा अवरोध गरेका हुन् । वडा नं. ३३ बाट मत गणना सुरु गर्ने तयारी भएको थियो ।

कास्की–२ मा ६३.४० प्रतिशत खत खसेको छ । अघिल्लो आम चुनावमा ६७ प्रतिशत मत खसेको यो क्षेत्रमा यसपटक ४ प्रतिशत कम मत खसेको हो । शनिबार भएको मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको हो । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् ।

You might also like

Comments are closed.