कास्की २ मा नेकपाको उम्मेदवार विद्या भट्टराई

पोखरा । मंसिरमा हुने उपनिर्वाचनका लागि कास्की २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीको क्षेत्र नम्बर २ रिक्त थियो । उक्त रिक्त स्थानमा रवीन्द्र अधिकारी पत्नी भट्टराई उम्मेदवार बनाउने निर्णयमा नेकपा पुगेको हो ।

You might also like

Comments are closed.