कियाका ग्राहकलाई एनआइसी एसियामा विशेष सहुलियत

काठमाडौं । किया गाडीका ग्राहकले एनआइसी एसिया बैंकमा कर्जा लिँदा विशेष सहुलियत पाउने भएका छन् । यस विषयमा बैंक र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरे । किया ब्राण्डका कार बिक्री गर्दा कम्पनीले एनआइसी फाइनान्सियल पार्टनर बनाउने र बैंकले किया ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत किया ब्राण्डका कारहरू ग्राहकले खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.