कियाले यही महिना भारतमा सेल्टोस लन्च गर्दैछ । भारतमा २० जुनमा सो कार लन्च गरिनेछ ।
लन्चिङ गर्नु भन्दा पहिला सो कारको टिजर सार्वजनिक भएको छ । सो कार एसपी२आई कन्सेप्टमा आधारित रहेको छ । टिजरमा सो कारको एक्सटेरियको एक झलक देखाइएको थियो ।
उक्त टिजरमा कारको एलईडी हेडल्याम्प्स, टाइगर नोज ग्रिल, रुफलाइन, एलईडी टेलल्याम्प्सका साथै अन्य केही डिटेल्स पनि देखाइएको थियो । सो कारको केही फोटो पनि लिक भएको थियो । फोटो अनुसार कारको प्रोडक्शन भर्सन कन्सेप्ट एसयूभी जस्तो देखिन्छ । कारमा एल आकारमा एलईडी हेडल्याम्प्स समावेश गरिएको छ ।
कारमा मस्क्युलर बम्पर उपलब्ध रहेको छ । भिडियो अनुसार किया सेल्टोसको रियरमा शार्प लुक भएको एलईडी टेलल्याम्प्स समावेश गरिएको छ । यसको साथै बोल्ड क्यारेक्टर लाइन्स र बिफि रियर बम्पर पनि रहेको छ । सो कारमा सिल्भर स्टाइलिंग एलिमेन्ट र डिफ्युजर पनि समावेश गरिएको छ । टिजरमा कारको नयाँ डायमन्ड कट स्कोर्पियन शेप अलोय ह्विल्स पनि देख्न सकिन्छ ।
कारमा स्लापिङ रुफलाइनको साथमा शार्कफिन एन्टिना र सिल्भर रुफटेल्स पनि जडान गरिएको छ । सो कारको इन्जिन अप्सनको बारेमा केही आधिकारिक जानकारी दिइएको छैन । अनुमानित रिपोर्ट अनुसार सो कार १.५ लिटर पेट्रोल र डिजेल इन्जिनको विकल्पमा उपलब्ध हुन सक्नेछ ।
भारतमा सो कारको प्रतिस्पर्धा हुन्डाई क्रेटा, निसान किक्स, रेनो क्याप्चर र टाटा ह्यारियरसँग हुनेछ ।
Comments are closed.