किया मोटर्सद्वारा उपत्यकामा थ्री एस सर्भिस बिस्तार

काठमाडौं । किया मोटर्सको नेपालका लागि आधिकारिक बितरक कन्टिनेन्टल इन्टरप्राइजेजले उपत्यकामा थ्री एस सर्भिस बिस्तार गरेको छ । लामो समय गैह्रिधारास्थित शोरुमबाट मात्र थ्री एस भनिने सेल्स, सर्भिस र स्पेयर पार्टस सहितको सेवा उपलव्ध गराउँदै आइरहको कम्पनीले केही समय यता महाराजगन्ज र जावलाखेलस्थित शोरुमबाट समेत यस्तो सेवा प्रदान गर्न थालेको हो ।

उपत्यकामा किया गाडी उल्लेख्य मात्रामा गुड्ने भएपनि सर्भिस सेन्टर भने एउटामात्र भएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आइरहेका थिए । जसका कारण पनि कम्पनीमाथि यस्ता सेन्टर बढाउनुपर्ने दबाव सिर्जना भएको थियो । त्यसमाथि भारतीय बजारमा कियाका गाडी उत्पादन हुन थालेपछि नेपालमा बिक्री समेत बढ्न थालेको छ । यसअघि कोरियाबाटै गाडी र स्पेयर पार्टस आयत गर्दै आइरहेको कम्पनीलाई अब उप्रान्त भने भारतबाटै स्पेयर पार्टस समेत आयत गर्न सहज भएको छ ।

पछिल्लो समय नेपाली बजारमा किया सेल्टोस एसयुभी पारखीहरुको रोजाइमा पर्न सफल भएको छ । इलेक्ट्रिक कार सोल र निरो समेत उल्लेख्य मात्रामा बिक्री भएका छन् । यी गाडी भने कोरियाबाटै आयत भइरहेका छन् ।

You might also like

Comments are closed.